×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

९ महिनामा उपत्यकामा साढे ४ हजार सवारी दुर्घटना, १७४ जनाको मृत्यु

९ महिनामा उपत्यकामा साढे ४ हजार सवारी दुर्घटना, १७४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् । जसमा १७४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ । गत साउनदेखि चैत समान्तसम्म भएको उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् ।

त्यसैगरी ४ हजार ९२७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख तथा एसएसपी नवराज अधिकारीले बताए । दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्ष मुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्ष माथिका ८१ जना रहेको ट्राफिकले बताएको छ ।

प्रतिकृया दिनुहोस्