×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भ्रष्टाचार मुक्त व्यवस्थित कीर्तिपुर नगरपालिका बनाउने छु : प्रा.डा शिवशरण महर्जन

भ्रष्टाचार मुक्त व्यवस्थित कीर्तिपुर नगरपालिका बनाउने छु : प्रा.डा शिवशरण महर्जन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवार प्राडा शिवशरण महर्जनले निर्वाचित भएमा भ्रष्टाचारमुक्त व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय, समृद्ध तथा व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता जनाएका हुन् । 

कीर्तिपुरभित्र देखिएका खानेपानी, स्वास्थ्य, शिक्षा, सहकारी, लालपुर्जा लगायत सम्पूर्ण समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए । 

‘कीर्तिपुरलाई व्यवस्थित भ्रष्टाचारमुक्त नगरपालिका बनाउन मैले उम्मेदवारी दिएको हो । म प्रमुख पदमा निर्वाचित भएमा यस नगरपालिकाका स्वास्थ्य, शिक्षा, सामाजिक, सांस्कृतिक, खानेपानी, भौतिक पूर्वाधार, पर्यटन विकासमा मेरो सम्पूर्ण ध्यान जानेछ’, उनले भने ।

प्रतिकृया दिनुहोस्