×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उदयपुरमा गुडिरहेको कारमा आगो लाग्यो

उदयपुरमा गुडिरहेको कारमा आगो लाग्यो

काठमाडौं । उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । इलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।

गुडिरहेको कारमा अचानक लागेको आगोबाट कार जलेर पूर्णरूपमा क्षति पुगेको छ भने कारमा सवारी एक बालक सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय आरोन सेनचुरी रहेका छन् । आरोनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ ।

आरोन कार चालक इलामको चुलाचुली गाउँपालिका-५ का ४२ वर्षीय प्रेमकुमार सेनचुरीका छोरा हुन् । कार चालक प्रेमसहित उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी र छोरा १४ वर्षीय आयुष सेनचुरी भने सकुशल रहेको डीएसपी दोङले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्