×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप थियो । विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् किनभने यसअघिका अरु भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन आदेश भएको छ ।

प्रतिकृया दिनुहोस्