×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ओली सरकार असफल रहेको जसपा नेपालको ठहर

ओली सरकार असफल रहेको जसपा नेपालको ठहर

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

असार ७ र ८ (हिजो र अस्ति) बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराए ।

‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णत असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुन विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ पार्टी निर्णयमा भनिएको छ ।

बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्नेहरू शशि कपुर मियाँ (पर्सा), करिमा वेगम (पर्सा), सुधिर नाथ पाण्डे (पर्सा), कैलास गुरुङ (रूपन्देही) र निलम यादव (रूपन्देही)लाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्