×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गुल्मीमा स्कुल जान हिंडेकी बालिकाको ढुंगाले लागेर मृत्यु

गुल्मीमा स्कुल जान हिंडेकी बालिकाको ढुंगाले लागेर मृत्यु

गुल्मी । गुल्मीमा विद्यालय जान हिंडेकी एक बालिकाको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । गुल्मीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका बिष्णु कुमाल रहेकी छन् ।

आइतबार बिहान स्कुल जानेक्रममा सडक माथिबाट खसेको ढुंगाले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते बालिकालाई उपचारका लागि गुल्मी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

छल्दीबाट ठाढुंगा जानेबाटोमा श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले ३ वर्ष अघिदेखि निर्माणको काम गर्दै आइरहेको छ । बाटो विस्तारका लागि जेसीबीले डाँडा खनिरहेको समयमा एक्कासि ढुंगा सडकमा खसेको थियो ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयको आरोप छ। जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्