×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गणतन्त्रको पक्षमा एमालेले देशभरका वडामा जनचेतना फैलाउने

गणतन्त्रको पक्षमा एमालेले देशभरका वडामा जनचेतना फैलाउने

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दैछ । मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन एमालेले अभियान चलाउने भएको हो ।

जस अन्तर्गत आज चैत ११ गते सोमबार एकै दिन एकै समय देशैभरका ६ हजार ७४३ वडामा सचेतना कार्यक्रम गर्न लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडाहरूमा सभा, गोष्ठी र प्रदर्शन लगायतका चेतनामूलक कार्यक्रमहरू हुनेछन् । 

यसैगरी एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गर्ने एमालेले घोषणा गरिसकेको छ । चैत १८ गते नै ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा पनि आयोजना गर्दैछ । चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने घोषणा गरेको एमालेले बागमती प्रदेशको हकमा पछि कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्