×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रौतहटमा जंगली हात्तीद्वारा ६ घरमा क्षति

रौतहटमा जंगली हात्तीद्वारा ६ घरमा क्षति

रौतहट । रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्‍याएको छ।

बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा क्षति पुर्‍याएको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले जानकारी दिए ।

हात्तीले पुर्‍याएको क्षति विवरण संकलन भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस्