×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास, प्रहरीले थाल्यो अनुसन्धान

चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पुष्टि गरे । स्रोतका अनुसार, रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट (सीसी) क्यामरामा समेत कैद भएको छ ।

‘यद्यपि त्यो त्यति धेरै स्पष्ट छैन, विभिन्न पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिृकतले भने । स्रोतका अनुसार, यो घटना हुँदा चिडियाखानाका प्रमुख चाहिँ बिदामा थिए ।

प्रतिकृया दिनुहोस्