×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

गण्डकी

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको भन्दा १ अर्ब बजेट घट्ने

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको भन्दा १ अर्ब बजेट घट्ने

पोखरा । गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बजेट प्रस्तुत गर्दै छ । आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गर्न लागेको हो । 

सांसदलाई मन्त्रालयगत सिलिङ चौतर्फी आलोचनापछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको सरकारले यो वर्ष मन्त्रालयगत सिलिङबाटै सांसदलाई बजेट बाँड्न लागेको छ । एक सांसदका अनुसार प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सिलिङमा योजना दिइएको हो ।

स्रोतका अनुसार सबैभन्दा धेरै भौतिक मन्त्रालयबाट सांसदले बजेट पाउँदै छन् । भौतिकबाट समानुपातिकले १ करोड ५० लाख र प्रत्यक्षले २ करोड ५० लाखका योजना छान्न पाउनेछन् । 

वन मन्त्रालयले ५ लाखका योजना बाँडेको छ । समानुपातिकलाई जनही ५ लाख र प्रत्यक्षलाई १० लाखको सिलिङ छुट्टाइएको मन्त्रालय निकट स्रोतले जनायो । पर्यटन मन्त्रालयले समानुपातिकलाई २० लाख र प्रत्यक्ष सांसदलाई ४० लाख दिएको छ । सामाजिक मन्त्रालयले समानुपातिकलाई २५ लाख र प्रत्यक्षलाई ५० लाखको योजना दिएको छ । 

अरू मन्त्रालयबाट सिलिङ वितरण नभए पनि योजना चाहिँ माग गरेको छ । यसबाहेक मन्त्रीहरूको छुट्टै कोटा छ । मन्त्रालयको बजेटको आकार अनुसार मन्त्रीहरूलाई बजेट भाग लगाइएको हो । 
 

प्रतिकृया दिनुहोस्