×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

सुनसरीमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

सुनसरीमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

काठमाडौं । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

उक्त दुर्घटना हुँदा प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको न्यूरो अस्पताल विराटनगरमा र २ जनाको धरान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्