×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु

नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ ।

ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्