काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।