×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

अभ्यास खेलमा नेपाल विजयी

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५,  नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बनाए ।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एकरएक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३,  आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।

त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुई/दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्