×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो, २६ जनाको मृत्यु

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो, २६ जनाको मृत्यु

सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको छ । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । 

डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो ।

यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । तीव्र र  सुक्खा हावाको कारण यो अझ फैलिरहेको छ ।

दक्षिण कोरियाको विपद् व्यवस्थापनका प्रमुख ली हान क्युङले बिहीबार डढेलो ३५ हजार ८१० हेक्टरमा फैलिसकेको बताए । देशको इतिहासमा यो सबैभन्दा ठुलो डढेलो भएको उनले जिकिर गरे । यसअघि सन् २००० मा लागेको डढेलोले २३ हजार ९१३ हेक्टर क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

प्रतिकृया दिनुहोस्