×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता

काठमाडौं । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

विधेयकको प्रस्तावनाअनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ । विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङकाअनुसार साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणलाई व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक ल्याइएको हो ।

प्रतिकृया दिनुहोस्