×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह

आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राखेका थिए ।

जसको जवाफका क्रममा प्रधानमन्त्री शाहले भनेका छन्, ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’

मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्‍याली लगायतका धेरै प्रतिवेदनहरू भएकोप्रति पनि उनले स्मरण गराए ।

प्रतिकृया दिनुहोस्