×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

देशभर २८ हजार डेंगु सङ्क्रमित, १२ जनाको मृत्यु

देशभर २८ हजार डेंगु सङ्क्रमित, १२ जनाको मृत्यु

काठमाडौँ । देशभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो ।

देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार ८९८  जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा डेंगु सङ्क्रमित छन् । यहाँ ३ सय १९ जना डेंगु सङ्क्रमित छन् । यस्तै, कोशी प्रदेशका १ हजार ७४२ जनालाई, मधेस प्रदेशका ४८७ जनालाई डेंगु सङ्क्रमण भएको छ । 

यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्