×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मधेश केन्द्रित ८ दलको वार्ता समितिको बैठक बस्दै

मधेश केन्द्रित ८ दलको वार्ता समितिको बैठक बस्दै

काठमाडौं । मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले जानकारी दिए ।

मोर्चा बनाउने तयारीमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार आजसम्म दलहरुले कार्यदल सदस्यहरुको नाम पठाइसक्नुपर्नेछ ।

आजको बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने नेताहरुले जनाएका छन् । जसपा नेपाल, जसपा,जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल,जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मोर्चा बनाउने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्