×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो । 

अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले बताए । विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई  ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ । ब्यूरोका ती अधिकृत भन्छन्, ‘उहाँलाई अब अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राख्छौँ ।’

प्रतिकृया दिनुहोस्