×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति

अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति

काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्त्वपूर्ण सहमति भएको हो ।

रोयटर्सले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुवै शक्ति राष्ट्र इरानको आणविक महत्त्वाकांक्षालाई रोक्नुपर्ने पक्षमा एकमत देखिएका हुन् ।

यसैबीच, वार्तामा ताइवानको विषय भने कतै उल्लेख नगरिएको पाइएको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा ताइवानको प्रसंग नसमेटिएको विषयलाई कूटनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूले ताइवानको मुद्दालाई द्वन्द्वको मुख्य कारकका रूपमा प्रस्तुत गरिरहेका बेला अमेरिकी पक्षको मौनताले यस वार्तालाई विशेष चासोका साथ हेरिएको छ  ।
 

प्रतिकृया दिनुहोस्