काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।