×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल पक्राउ

सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल पक्राउ

काठमाडौं। सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय , कास्कीमा पठाइएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने समेत हिरासतमा छन् ।

प्रतिकृया दिनुहोस्