×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सुदूरपश्चिम

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।  मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् ।

दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ । 

से.१ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र  बा.२ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार रहेको खुलेको छ । हिरासिंहको गाडी सुरेन्द्र पालको भन्दा अगाडि रहेको थियो । उनको गाडीमा पछाडि रहेको पालको गाडी ठोक्किएको थियो । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्