×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सान्भी इनर्जीको आईपीओ वैशाख ५ देखि खुल्ने

सान्भी इनर्जीको आईपीओ वैशाख ५ देखि खुल्ने

काठमाडौं । सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ ।

आयोजा प्रभावित स्थानीयले वैशाख ५ देखि छिटोमा १९ गतेसम्म तथा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख ५ देखि १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।

प्रतिकृया दिनुहोस्