×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा तीन बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको ।

भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।

यसलाई सत्तापक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताएका छन् । आज वा भोलिसम्म संसद् चल्ने उनले बताएका छन् ।


 

प्रतिकृया दिनुहोस्