काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ । आज छापावाला सुन हिजोकै मुल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।