काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६७ हजार ५०० सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।