×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ ।

गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख भारतीय रुपैयाँ ९लगभग २,३४३ अमेरिकी डलर० आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्