काठमाडौं । राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनी पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवम् पार्टीनिकट प्राज्ञिक परिषद्को अध्यक्ष थिए । खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए ।
