×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा

सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा

काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ।

अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली आइतबार अछाम हुँदै दैलेखको राकम कर्णालीमा प्रवेश गरेको हो । राकम कर्णालीमा सहिद परिवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम‌ गरेर टोली आज मध्यपहाडी राजमार्गका जम्बुकाँध, दुल्लु हुँदै दैलेख सदरमुकाम पुग्ने छ ।

यसअघि बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो। उक्त झन्डा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इन्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ ।
 

प्रतिकृया दिनुहोस्