काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर

काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् । पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् । मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबाहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ । उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्