×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

अब गुगल एआई स्टुडियोबाट केही मिनेटमै जो कसैले एन्ड्रोइड एप तयार पार्न सक्ने

अब गुगल एआई स्टुडियोबाट केही मिनेटमै जो कसैले एन्ड्रोइड एप तयार पार्न सक्ने

काठमाडौँ । अब गुगलको एआई स्टुडियोमार्फत केही मिनेटमै आफूले चाहेको एन्ड्रोइड एप तयार पार्न सकिने भएको छ । कम्पनीले मङ्गलबार आयोजित आफ्नो वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मार्फत यस्तो सुविधा सार्वजनिक गरेको हो ।

एआई कोडिङको यो नयाँ प्रविधिले कर्सर (Cursor), रेप्लिट (Replit), लभेबल (Lovable) र क्लाउड कोड (Claude Code) जस्ता एआई-पावर्ड डेभलपमेन्ट टुलहरूसँग सिधै प्रतिस्पर्धा गर्नेछ । गुगलको यो कदमले अनुभवी डेभलपरहरूलाई छिटो प्रोटोटाइप बनाउन मात्र नभई कुनै प्राविधिक ज्ञान नभएका सामान्य क्रिएटरहरूलाई पनि एप बनाउने अवसर प्रदान गरेको छ ।

गुगल एआई स्टुडियोको Build an Android app ट्याबबाट प्रयोगकर्ताले केवल प्रम्प्ट लेखेकै भरमा एप बनाउन अर्थात् 'भाइब कोडिङ' (Vibe coding) गर्न सक्नेछन् । यसका लागि कुनै एसडीके (SDK) म्यानेज गर्न वा छुट्टै सफ्टवेयर इन्स्टल गर्नुपर्दैन । एआई स्टुडियोले नयाँ जेटप्याक कम्पोज (Jetpack Compose) प्याटर्न प्रयोग गरेर प्रोडक्सन-क्वालिटीको कोट्लिन (Kotlin) कोड आफैँ जेनेरेट गर्छ ।

यो प्रविधिले जीपीएस, ब्लुटुथ र एनएफसी जस्ता हार्डवेयर सेन्सरहरूलाई पूर्ण रूपमा सपोर्ट गर्दछ । एप बनाउँदै गर्दा ब्राउजरमै रहेको एमुलेटर (Emulator) वा एन्ड्रोइड डिबग ब्रिज (ADB) प्रयोग गरेर यूएसबी (USB) केबलमार्फत आफ्नै एन्ड्रोइड फोनमा एप टेस्ट गर्न सकिन्छ ।

गुगल प्ले डेभलपर अकाउन्ट कनेक्ट गरी एपलाई एक क्लिकमै 'इन्टरनल टेस्ट ट्र्याक'मा पब्लिश गर्न पनि सकिन्छ । थप परिमार्जन गर्न चाहनेहरूले यो प्रोजेक्टलाई जिप फाइलमा डाउनलोड गरेर एन्ड्रोइड स्टुडियोमा लैजान वा सिधै गिटहबमा एक्सपोर्ट गर्न पनि सक्छन् ।

सुरुवातकर्ताहरूका लागि गुगलले विना कुनै क्रेडिट कार्ड गुगल क्लाउडमा आफ्ना पहिलो दुई एपहरू निःशुल्क डिप्लोय गर्न मिल्ने सुविधा दिएको छ । पहिले नै बिलिङ इनेबल भएका प्रयोगकर्ताहरूको हकमा भने यो 'क्लाउड रन फ्रि टियर' (Cloud Run Free Tier) मा रहनेछ ।

हालका लागि यसरी बनाइएका एपहरू व्यक्तिगत प्रयोगका लागि मात्र हुनेछन् । तर गुगलको भविष्यको रोडम्यापमा साथीभाइ र परिवारका लागि पब्लिश गर्न मिल्ने सुविधा समेत ल्याउने योजना छ । यस्तै भविष्यमा फायरस्टोर (Firestore), फायरबेस अथ (Firebase Auth) र फायरबेस एप चेक (Firebase App Check) जस्ता फायरबेसका सुविधाहरूको सपोर्ट पनि थपिनेछन् ।

गुगलले यस्तो इकोसिस्टमको कल्पना गरिरहेको छ, जहाँ प्रयोगकर्ताहरूले प्ले स्टोरबाट मात्र नभई आफ्ना साथीहरूको नेटवर्कबाट पनि एपहरू खोज्न सक्नेछन् ।

त्यस्तै गुगल वर्कस्पेस (Google Workspace) लाई पनि एआई स्टुडियोसँग सिधै जोडिएको छ । यसको मद्दतले प्रयोगकर्ताले गुगल शिट्सको डेटा प्रयोग गरेर ड्याशबोर्ड बनाउन वा ड्राइभ र डकुमेन्टहरूमा काम गर्ने टुल्स बनाउन सक्नेछन् । साथै लोकल डेभलपमेन्टका लागि प्रयोगकर्ताले आफ्नो प्रोजेक्टलाई गुगल एन्टिग्राभिटी (Google Antigravity) मा एक्सपोर्ट गर्न सक्नेछन् । जहाँ कुराकानीको हिस्ट्री, प्रोजेक्ट फाइल र सिक्रेटहरू सुरक्षित रहन्छन् ।

प्रतिकृया दिनुहोस्