जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री सुधन गुरुङ
भदौ २४, २०८३काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए । निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।
सबै पढ्नुहोस