पाटनका यी क्षेत्रहरूमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने
असार ३२, २०८२काठमाडौँ। नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा फाइबर तार जडान गर्न लागेकोले सेवा अवरुद्ध हुने जनाएको छ । दूरसञ्चार कार्यालय, पाटनले नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको हो । सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।
सबै पढ्नुहोस