यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
भदौ २७, २०८१काठमाडौं । बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारी अघिल्लो दिनकै मूल्यमा कायम रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठूलो गोलभेँडा, तने बोडी, डल्ले च्याउ केही घटेको छ । घिउ सिमी तथा टाटे सिमी भने सस्तिएको छ । यतिबेला स्कुसको सिजन भएकाले कालीमाटीमा सो तरकारी सबैभन्दा सस्तो प्रतिकिलो अधिकतम ३० रुपैयाँ छ ।
सबै पढ्नुहोस