×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन् ।

अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले झालाई बधाइ तथा कार्य सफलताको शुभकामना दिए ।

ओझालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्