×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ

राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक पक्राउ

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति केहीबेर अघि पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ ।

राजसंस्था पुनस्र्थापनासहितको माग राखेर गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ । राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी आन्दोलन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो ।

यद्यपि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरूले शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्