×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दानाबारीमा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

दानाबारीमा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं । इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।  बिहीबार अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड तर्फ लगिएको इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिए ।  

महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाइतेहरू माई नगरपालिका– ७ का बासिन्दा भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्