×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

काठमाडौं । फागुन महिना सुरु भएपछिको पहिलो दिन खुलेको सेयर बजार सूचक घटेको छ । गत साता बिहीबार करिब ८ अंक बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक सोही अनुपातमा घटेको हो ।

सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा हुँदा २६७१.०७ अंकमा रहेको नेप्से सूचक ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ ।

नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो । नेप्सेमा यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यसैगरी ८६ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ । सोमबार रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ ०.७६, विकास बैंक २६.६६, जलविद्युत् ३६.७३, लगानी ०.६३, जीवन बीमा ५८.०५, लघुवित्त ११.४२, सामूहिक लगानी कोष ०.०४, निर्जीवन बीमा ५१.१३, अन्य १.७३ र व्यापार २५.५७ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा वित्त १३.७९, होटल ३१.६३ र उत्पादनमूलक ४४.८३ अंक बढेका छन् ।

सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा १० अर्बभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस्