×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

नेपाली बजारमा ‘एआई प्लस २’ स्मार्टफोन सार्वजनिक, मूल्य १७ हजार रुपैयाँ

नेपाली बजारमा ‘एआई प्लस २’ स्मार्टफोन सार्वजनिक, मूल्य १७ हजार रुपैयाँ

काठमाडौँ । एआई प्लस ब्रान्डको नयाँ स्मार्टफोन एआई प्लस २ नेपाली बजारमा  सार्वजनिक भएको छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टमा कम्पनीले यो फोन नेपाली बजारमा उपलब्ध गराएको हो । जसको बजार मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

६.७ इन्चको एचडी प्लस आईपीएस एलसीडी डिस्प्लेयुक्त फोनमा १२० हर्ज रिफ्रेस रेट दिइएको छ । जसले स्क्रोलिङ अनुभवलाई स्मुथ बनाउनुका साथै र भिडिओ तथा गेम खेल्दा सहज हुने दाबी कम्पनीको छ ।

कम्पनीका अनुसार फोनमा युनिसक टी७२५० अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । एन्ड्रोइड १६ मा आधारित नेक्स्ट क्वान्टम ओएसमा आधारित फोनमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज उपलब्ध हुनेछ । आवश्यक परेमा माइक्रोएसडी कार्डमार्फत १ टेराबाइटसम्म स्टोरेज विस्तार गर्न सकिने जनाइएको छ ।

फोटोग्राफीका लागि फोनको पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र सेल्फीका लागि अगाडि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । लामो समयको ब्याट्री ब्याकअपका लागि यसमा ६,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसलाई १८ वाटको फास्ट चार्जिङले सपोर्ट गर्छ ।

सुरक्षाका लागि फोनको छेउमा (साइड-माउन्टेड) फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । साथै, फोनले आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रेटिङ प्राप्त गरेको छ, जसले धुलो र सामान्य पानीबाट फोनलाई सुरक्षित राख्न मद्दत गर्छ । कम्पनीका अनुसार यो फोन नेपाली बजारमा ब्ल्याक, ब्लु, ग्रिन र पर्पल गरी चार फरक कलर भेरियन्टमा उपलब्ध छ ।  

प्रतिकृया दिनुहोस्