×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद

नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद

नुवाकोट । प्रहरीले नुवाकोटको होटलमा जुवा खेलेको भन्दै २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद समेत गरेको एसपी रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस्