×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् ।

यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए । सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको र रुलिङ नगर्ने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्