काठमाडौँ । दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले बताए । दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्वात्तै बाढी आएको तामाङले जानकारी दिए ।
‘अहिलेसम्म धनजनको क्षति भएको थाहा भएको छैन, तर हामी बुझ्दै छौँ, अहिले म सिंगटीस्थित गाउँपालिकाको कार्यालयमै छु,’ उनले भने । उक्त गोंगर खोला तामाकोसीमा मिसिन्छ ।