×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

मोबाइलमान्डुको ‘मनसुन धमाका सेल’ सुरु, ६० प्रतिशतसम्म छुट घोषणा

मोबाइलमान्डुको ‘मनसुन धमाका सेल’ सुरु, ६० प्रतिशतसम्म छुट घोषणा

काठमाडौँ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमान्डुले आजदेखि ‘मनसुन धमाका सेल’ सुरु गरेको छ । ‘अफरको चट्याङ, छुटको बतास १’ भन्ने नाराका साथ सुरु भएको यो अभियान एक हप्ता अर्थात् ७  साउनसम्म चल्नेछ ।

यस अभियानमा ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्रीमा ६० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार, अभियान अवधिभर ९९९ रुपैयाँमा डेली फ्ल्याश सेल, वालेटमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत छुट, एउटा किन्दा एउटा सित्तैमा र १० हजार रुपैयाँ बराबरको गिभअवे जस्ता अफरहरू उपलब्ध हुनेछन् ।

ग्राहकलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा दुई हजार ४९९ रुपैयाँभन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणहरूमा सजिलो किस्ताबन्दी (ईएमआई) को सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मोबाइलमान्डुले फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता डिजिटल माध्यमबाट गिभअवे सञ्चालन गर्नेछ । सहभागी ग्राहकहरूले#MonsoonDhamakaSale, #MobileMandu, र #FlashSaleNepal ह्यासट्याग प्रयोग गरी आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई mobilemandu.com मा  गई विभिन्न छुट तथा अफरहरूको लाभ लिन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्