×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेसपा (नयाँ शक्ति) को अयोजक समिति भंग, पाँच सदस्यीय अध्यक्ष मण्डल गठन

नेसपा (नयाँ शक्ति) को अयोजक समिति भंग, पाँच सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरेको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी भक्तबहादुर शाह, दुर्गा सोव, सृजना  रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कर्मी रहेको अध्यक्ष मण्डल गठन भएको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए । 

बन्दसत्रमा निवर्तमान अध्यक्ष डा.बाबुराम भट्टराइले पेस गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक प्रतिवेदनबारे समुहगत छलफल हुने उनले जानकारी दिए । बन्दसत्रले ११ पदाधिकारी, ९९ सय सदस्य केन्द्रीय समिति चयन गरी २९ गते सम्पन्न हुँदैछ ।
 

प्रतिकृया दिनुहोस्