×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

घट्यो गोलभेँडाको भाउ

घट्यो गोलभेँडाको भाउ

काठमाडौं । बजारमा गोलभेँडाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको तथ्यांकले गोलभेँडाको मूल्यमा गिरावट आएको देखाएको हो ।

समितिको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज भारतीय ठूलो गोलभेँडादेखि लोकल सानो गोलभेँडासम्म सबैको मूल्य ओरालो लागेको छ ।

हिजो औसतमा प्रतिकिलो ८५ मा किनबेच भएको भारतीय ठूलो गोलभेँडाको मूल्य आज ७७ रुपैयाँ कायम छ । सोमबारको तुलनामा आज मंगलबार यो मूल्य ९.४१ प्रतिशतले कम हो ।

यस्तै लोकल सानो गोलभेडा हिजो २७.५० रहेकोमा आज घटेर २३.७५ पुगेको छ । यसमा १३.६४ प्रतिशतको गिरावट आएको छ ।

टनेल सानो गोलभेडा हिजो सोमबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएकामा आज ४७ कायम भएको छ ।

भारतीय सानो गोलभेँडा सोमबार प्रतिकिलो ३६ रुपैयाँमा किनबेच भएकामा आज मंगलबार १३.१९ प्रतिशतले घटेर ३१ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तराई सानो गोलभेँडाको मूल्य भने प्रतिकिलो ८.२१ प्रतिशतले घटेर आज ४८ कायम भएको छ । हिजो यसको औसत मूल्य ५३ रुपैयाँ थियो।
 

प्रतिकृया दिनुहोस्