×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

२१ कम्पनी कालोसूचीमा

२१ कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

काम सन्तोषजनक नभएकाहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

हेर्नहोस् कालोसूचीमा परेकाहरुको विवरण –

 

प्रतिकृया दिनुहोस्