×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार भने चलिरहेको अस्पतालले जनाएको छ । उनीहरू दुवैको शनिबारदेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बताए ।

मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ ।

प्रतिकृया दिनुहोस्