काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।